Khabar Ujyalo

मृगौला पीडित चन्दलाई खान पुगोस् दिन पुगोस् अभियानद्वारा झण्डै ५० हजार सहयोग

March 24, 2025
मृगौला पीडित चन्दलाई खान पुगोस् दिन पुगोस् अभियानद्वारा झण्डै ५० हजार सहयोग

धनगढी : धनगढीका युवा व्यवसायी तथा समाजसेवी घनश्याम भट्ट नेतृत्वको खान पुगोस् दिन पुगोस् अभियानले मृगौला पिडितलाई आर्थिक सहयोग गरेका छन् ।

धनगढी ३ का ४५ बर्षिय पदम बहादुर चन्दलाई ४७ हजारबढी रकम आर्थिक सहयोग गरिएका हुन्  ।

गरिव दुखित विपन्न परिवार सहयोग गर्ने उदेश्यले संचालन भएको खान पुगोस् दिन पुगिस अभियान अन्तर्गत शनिबार मृगौला पिडित चन्दलाई ४० रकम सहयोग गरिएको धनगढीका युवा व्यवसायी तथा समाजसेवी घनश्याम भट्टले जानकारी दिए ।

पीडित चन्द एक बर्षदेखि दुइटै मृगौला फेल भएर उपचाररत रहेका छन् । उनले आफ्नो उपचारको लागि सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् ।

[TheChamp-FB-Comments]

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.