Khabar Ujyalo

१५ मिनटको रोलका लागि ४ करोड रुपैयाँ पारिश्रमिक

२९ असार २०८१, शुक्रबार
१५ मिनटको रोलका लागि ४ करोड रुपैयाँ पारिश्रमिक

मुम्बई । आफ्नो पछिल्लो चलचित्र एनिमल सुपरहिट भएपछि आफुलाई आजकाल दैनिक जसो चलचित्रमा कामको लागि प्रस्ताव आउने गरेको बलिउड अभिनेता बबी देओलले बताएका छन् । धेरै भन्दा धेरै चलचित्रमा कामको प्रस्ताव आएपछि आफुले चलचित्र खेल्न समय नभएको बताउनु परेको यी अभिनेताको कथन छ ।

५५ वर्षको उमेरमा बबी देओलको करियरमा एनिमलले परिवर्तन गरिएको हो । त्यो भन्दा अघि उनीसँग राम्रो चलचित्र थिएनन्,‘चलचित्र एनिमलको लागि १५ मिनेटको भूमिका निकै कठिन भएकाले मैले राम्रो पारिश्रमिक माग गरेँ । उहाँहरुले यो भूमिकाको लागि मलाई चार करोड दिनु भयो ।’ अभिनेता रणबीर कपुरले यो चलचित्रको लागि गरेको कामको तुलनामा आफ्नो पारिश्रमिक उनको भन्दै धेरै नै रहेको पनि बबी देओलले बताएका छन् ।

चलचित्र एनिमल चलचित्र घरमा मात्र हैन ओटीटी प्लेटफर्ममा पनि विस्फोटक सावित भएको छ । बाल्यकाल देखि अभिनय गर्दै आएका बबी देओलले अहिले चलचित्रमा अत्याधिक डिमान्ड आएपछि निर्माताले तिनै नसक्ने गरी पारिश्रमिक बढाउनु बाध्य भएका छन् । महँगो पारिश्रमिक भनेपछि आफुलाई फिल्ममा नलिने विश्वासका साथ पारिश्रमिक महँगो भन्नु परेको पनि बबीले बताएका छन् ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.