Khabar Ujyalo

कैलालीमा जेन्जी आन्दोलनका बेला चोरी भएको सरकारी स्कारपियो फर्निचर उद्योगबाट बरामद, एक पक्राउ

२५ असार २०८३, बिहीबार
कैलालीमा जेन्जी आन्दोलनका बेला चोरी भएको सरकारी स्कारपियो फर्निचर उद्योगबाट बरामद, एक पक्राउ

कैलाली प्रहरीले जेन्जी आन्दोलनका क्रममा चोरी भएको सरकारी स्कारपियो गाडी बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २०८२ भदौ २५ गते धनगढी उपमहानगरपालिका–५ स्थित सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिनको कार्यालयबाट ४/५ जनाको समूहले जेन्जी आन्दोलनको गलत फाइदा उठाउँदै बा.२ झ २८५९ नम्बरको सरकारी स्कारपियो चोरी गरेका थिए।

चोरी भएको उक्त गाडीको खोजतलासका क्रममा असार ८ गते कैलालीको घोडाघोडी नगरपालिका–२ स्थित अर्जुन कार्कीले सञ्चालन गरेको लिगासैनी सःमिल तथा फर्निचर उद्योगभित्र स्वरूप परिवर्तन गरिएको अवस्थामा प्रहरीले बरामद गरेको हो।

घटनामा संलग्न अर्जुन कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.