KhabarUjyalo

नमान्नु रहेछ…

५ पुष २०८०, बिहीबार
नमान्नु रहेछ…

बुद्धिमा घाम लागेको मानिसले आफूले जाने बुझेको ज्ञानमा कुरा लगभग सबै कुरा सबैलाई आदानप्रदान गर्न चाहन्छ । आफू जति कै भएपनि आंशिक रूपमा जान्ने बनाउन भूमिका खेल्ने गर्छ । गीतामा भनिएको छ जसले आफूले आफूलाई यत्र तत्र देख्न थाल्छ त्यसपछि मानवको सोच आउने गर्छ । जब त्यो मानव सोचले अर्को दानव सोच भएकोलाई मानव बनाउन खोजिरहेको हुन्छ। त्यो मानवले दानवलाई मानव पनि मानव देख्न थाल्छ दानवलाई मानव मान्न थाल्छ ।

हरेक जाने बुझेका कुरा त्यो दानव रूपी मानवलाई सिकाउन थाल्छ । शरीर मन हुँदै बुद्धिको विकास भयो भने त्यो दानव मानव नै बन्छ। मानवले हुनुपर्ने गुण त्यसमा रहेछ भन्ने कुरा अर्को मानवले बुझ्न थाल्छ । जब मन मर्जी चल्छ त्यो मानव दानव बन्न पुग्छ । हरेक मानिसमा कुनै न क्षेमता वा कला अबस्य हुन्छ नै तर त्यो कला प्रयोग गर्न जान्नु नै त्यो मानवको जीवन सार्थकता तिर जाने गर्छ । मानवलाई मानव मात्र मानेर नहुन पनि सक्छ। साहित्यकारले वा भनौ तत्त्वदर्शीले मानव त त्यति बेला मानव हो जति बेला उसले आफ्नो गुण धर्मको पालना गरिरहेको हुन्छ । निश्चित परिधि भित्र रहेको हुनु नै मानव हो । ठीक त्यसैगरी पशुमा पनि आफ्नो गुण हुन्छ जसले उ आफ्नो नियम भन्दा बाहिर जाँदैन । तर दानव हरेक पटक अवगुण देखाई मानिसलाई चण्डाल बनाउँछ ।

मानिसलाई मानिस मान्नु त्यहाँ मात्र मान्नु पर्छ जहाँ दुवै पक्षले मानव देख्छन् । एकले मानव पक्ष मान्दैन अर्को पक्षले तपाईंलाई दानव मानिरहेको हुन्छ । कसैलाई केही मान्दैमा केही हुँदैन तर मानव हो हैन भन्ने कुरा हुनुपर्छ । कहिलकाहीँ गधालाई पनि मानिस जस्तो भइदिन्छ। त्यस्तो बेला त्यो दानवरुपि मानवलाई के भन्ने ? सिक्ने सिकाउने निरन्तर प्रक्रिया हो । कसैलाई राम्रो कुरा गर्दा विपरीत हुन्छ भने त्यो त्यही मानिएको वस्तु हो । जुन वस्तुको अस्तित्त्व केही अर्थ नै छैन , केबल पाषणमा गन्नु पर्छ त्यसलाई मानेर केही साध्य छैन । मानेर जे जसको गुण हो आउने भए त्यो मान्नुको अर्थ लाग्छ हैन भने केही कुरालाई मान्नु पनि हुँदैन ।

जे हो त्यही बुझ्नु पर्छ । कतिपयले यो मान्ने नमान्ने आस्था सँग जोड्न सक्छन् । भएको कुरा मान्नु भन्ने अर्थ लाग्दैन । जे थियो त्यही रहनेछ भने त्यसलाई स्वरुप दिएको न कि मानिएको । फलानो भन्ने कुनै मानिसलाई फलानो नै मान भन्दा त पक्कै पनि मान्नु हुन्न होला नि । जो हो उसलाई पो लिने हो न कि मान्ने हो । यसको अर्थ नमान्नु होइन । जे जस्तो कुरा छ त्यसलाई त्यही अनुसार जान्नु पर्छ ।

बेद प्रकाश उपाध्याय, कैलाली

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo