Khabar Ujyalo

सुसाइड नोट लेखेर गायिका जेरुसा बेपत्ता

७ आश्विन २०७९, शुक्रबार
सुसाइड नोट लेखेर गायिका जेरुसा बेपत्ता

काठमाडौं : गायिका जेरुसा बिहिबारदेखि सम्पर्कविहीन भएकी छन्। सुसाइड नोट छोडेर राई सानेपास्थित निवासबाट सम्पर्कविहीन भएकी हुन्। 

बिहिबार साँझ ७ बजेदेखि सम्पर्कविहीन भएपछि उनको परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएको थियो। यतिबेला प्रहरीले खोजीकार्य तिब्र गरेको छ।

३० वर्षीया राईका बारुद, परेड, लाटो कोसेरो, रेनलगायतका नेपाली तथा अंग्रेजी गीत सार्वजनिक थिए। यीबाहेक उनले नेपाली तथा अंग्रेजी गीतका कभर गीत पनि गाएर आफ्नो युट्युब च्यानलमा राख्ने गर्थिन्।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.