KhabarUjyalo

कोरोना महामारी परिवर्तन भइरहेको छ, समाप्त भएको छैन : डब्लूएचओ

१६ असार २०७९, बिहीबार
कोरोना महामारी परिवर्तन भइरहेको छ, समाप्त भएको छैन : डब्लूएचओ

न्युयोर्क, १६ असार । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ ।

‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड १९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोन लाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भने । न्यूज कारखाना

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo