Khabar Ujyalo

१२६ जना बोकेको विमानमा आगलागी

८ असार २०७९, बुधबार
१२६ जना बोकेको विमानमा आगलागी

काठमाडौँ – अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रेड एयरको विमानमा आगलागी भएको छ ।

मंगलबार १२६ जना यात्रु बोकेको विमानमा अवतरणको क्रममा आगलागी भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अहिलेसम्म आगलागीको कारण भने खुलेको छैन । 

आगलागीको क्रममा घाइते भएका तीन जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

मियामी विमानस्थल विभागका अनुसार अग्नि नियन्त्रण टोलीले आगलागीलाई नियन्त्रण लिएको थियो । अहिले यस विषयमा थप अनुसन्धान भइरहेको फेडेरल एभिएसन अथोरिटीले बताएको छ । 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.