KhabarUjyalo

खाना नदिएको झोंकमा श्रीमानले गरे श्रीमतीको हत्या

५ असार २०७९, आईतवार
खाना नदिएको झोंकमा श्रीमानले गरे श्रीमतीको हत्या

नयाँ दिल्ली – भारतमा एक व्यक्तिले श्रीमतीको हत्या गरेको र पछि उनी मरेको थाहा नपाएर शवसँगै सुतेको प्रहरीले शनिबार जनाएको छ । दुवैले सँगै रक्सी पिएको तर आफूलाई खाना माग्दा नदिएपछि विवाद बढ्दा पत्नीलाई कुटेका थिए । 

भोलिपल्ट बिहान श्रीमतीको हत्या गरेको थाहा पाएपछि ती व्यक्ति ४० हजारभन्दा बढी नगद लिएर भागेका थिए । यद्यपि, उनलाई दिल्लीको अर्को स्थानबाट ट्र्याक गरी पक्राउ गरिएको थियो । 

पक्राउ पर्नेमा सुल्तानपुर निवासी ४७ वर्षीय विनोदकुमार दुबे रहेको प्रहरीले जनाएको छ । विवादपछि दुबेले आफ्नी ३९ वर्षीया श्रीमती सोनालीलाई कुटपिटपछि  सिरानीले हानेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट एउटा झोला, दुई थान मदिराका बोतल र रगतले लतपतिएको सिरानीसहित ४३ हजार भारु बरामद गरेको थियो । आफूहरू सँगै मदिरा पिएको तर केही समयपछि  खाना माग्दा नदिएपछि विवाद हुँद आफूले हिर्काएको उनले प्रहरीलाई बताएका छन् । एजेन्सी

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo