KhabarUjyalo

छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा फरार

२६ चैत्र २०८१, बुधबार
छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा फरार

काठमाडौँ । छोरीको विवाह आगामी वैशाख ३ गते हुने निधो भएको थियो । विवाहका लागि आवश्यक तयारी चलिरहेको समयमा छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा नै फरार भएको घटना प्रकाशमा आएको छ ।

यो घटना भारतको उत्तर प्रदेश राज्यको अलीगढ जिल्लामा भएको हो । जितेन्द्र नाम गरेका व्यक्तिले आफ्नी पत्नी घरबाट भागेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनले नगद तथा गहनासमेत लिएर पत्नी फरार भएको जनाएका हुन् ।

जितेन्द्रलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनकी छोरीको विवाह गर्ने तयारी चलिरहेको थियो । छोरीले ‘इङ्ग्जेमेन्ट’ गरेकै केटासँग आफ्नी पत्नी फरार भएको उनको भनाइ छ ।

उनले पत्नीको खोजीका लागि प्रहरी समक्ष गुहार मागिरहेका छन् । अर्कोतिर उनकी छोरी सो घटनापछि बिरामी भएर अस्पतालमा भर्ना भएकी छन् ।

पीडित युवतीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम ‘आजतक’ले आफ्नो अनलाइन संस्करणमा लेखेको छ, ‘मेरै आमा नै मेरो खुसीको दुश्मन बनेको भनेर मलाई विश्वास नै लागिरहेको छैन । यद्यपि मेरो सपना चकनाचुर भयो ।’

पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार पीडित युवतीकी आमाले नै हुनेवाला ज्वाइँलाई एउटा स्मार्टफोन उपलब्ध गराएकी थिइन् । उनीहरू दैनिक घण्टौँसम्म कुराकानी गर्ने गरेको बताइन्छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo