Khabar Ujyalo

जनआन्दोलनमा भाग लिएकोमा माफी चाहन्छु !

२४ चैत्र २०७७, मंगलवार
जनआन्दोलनमा भाग लिएकोमा माफी चाहन्छु !

देश लुट्नेहरूलाई स्थापित गर्न कुरै नवुझी आजैका दिनदेखि धनगढीको सडकमा निरन्तर १९ दिन दौडिएको थिएँ।।मेरो भाग्य र भविष्यमा त कुरै छोडौ देशकै अवस्थामा तात्विक भिन्नता न आउँदा त्यो बेला कुटाइ खाएको खाइरहेको देखेको सम्झी खिन्नता हुन्छ।।मैले लाएका नारा अर्कैले लेखिदिएको रहेछ,अर्कैको स्वार्थपूर्तिका लागि लड्ने मजस्ता तमाम मान्छे कोहि खाडी गएबाफत बोल्न पाउदैनन् म परिचयविहिन मास्टरको नाताले मौन रहनुपर्ने अवस्थामा छु।।यत्तिको जिन्दगीको ग्यारेन्टी त ४७ सालतिरै पनि थियो।।हिटलर जस्तो शासक त मैले अनुभव लिने भएदेखि भेटेन नेपालमा।।हल्का रमाइलो गर्ने शासक हत्याउन यति विधि महङ्गो क्रान्ति आवस्यक थियो कि थिएन मेरो नजरमा थिएन लाग्छ।।त्यो १९ दिन नै काफी थियो।।।ती उन्नाइसदिनको जग नारायणहिटि हत्याकाण्ड गर्नेले बनाइसकेको थियो।।हजारौंको बलिदानी बमोजिमको यो घुमिफिरी रुम्जाटार यात्रामा लेप लगाएर बोल्नु आत्मसन्तुष्टि त होला यथार्थ होइन।।कसको कहाँ के बदलियो??श्रमजीवीको पक्षमा को छ कहाँ छ?जनआन्दोलनका नाममा गरेको यो भुलका लागि क्षमाप्रार्थी छु कसैको फाइलटेपमा मेरो भिडियो वा अडियोले धनगढीको सडकमा क्रान्ति गरेको सुरक्षित देखाउँछ होला कृपया तत्कालका लागि त्यो भूलको ईतिहास मेटाइदिनुहोला,हटाइदिनुहोला।।।जय स्वाभिमान।।अनेकन हत्याकाण्ड र भ्रष्टाचारको छानवीन होस् एउटा माग राख्छु मेरा लागि धुमिल भैसकेको चैत २४ का लागि।।अन्तमा उक्त यात्राका इमान्दार ननखुरापाती योद्धाहरूमा हार्दिक सम्मान।।

धर्मराज जोशि

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.