KhabarUjyalo

‘राजनितीको यात्राबाट मेरा शुभेच्छुकलाई गर्वको अनुभूति दिलाएरै छोड्ने छु’ : यादव जोशी

७ बैशाख २०७९, बुधबार
‘राजनितीको यात्राबाट मेरा शुभेच्छुकलाई गर्वको अनुभूति दिलाएरै छोड्ने छु’ : यादव जोशी

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका डडेलधुराको अध्यक्ष पदका लागि एकीकृत समाजवादी जिल्ला कमिटी डडेलधुराले नाम सिफारिस गरेसङ्गै यादव जोशीले अब पूर्णकालीन राजनीतिक यात्राको सुरुवात गरेको बताएका छन् ।

सामाजिक संजालमा लख्दै पश्चिम सेती निर्माणका अभियानकर्ता जोशीले विगत लामो समयदेखि राजनीतिक , सामाजिक र वर्ग उत्थानका अभियानहरू निरन्तर बोलन्या थलीमा थलीको भूमिकामा र पार्टीबाट पार्टीको भूमिकाको हैसियतले जारी राख्ने भन्दै कतिपय व्यक्तिहरू यो निर्णयबाट आक्रोशित भएता पनि तपाईंहरुलाई गर्वको अनुभूति दिलाएरै छोड्ने बताएका छन् । उनले बोलन्या थली सङ्घ जोडिएका सम्पुर्णमा धोका नदिएको समेत बताएका हुन् ।

उनले स्ट्याटसमा भनेका छन्,‘मेरो नाम प्रदेश कमिटीमा सिफारिस गरिदिएकोमा निकै अनुग्रहीत छु, लामो राजनीति जीवन भएका पहिलो र दोस्रो पुस्ताका सिनियर नेताहरूले मलाई विश्वास गर्नुले उहाँको सङ्घर्ष र अनुभवलाई हामीले राजनीतिक र सामाजिक सन्तुलन मिलाउन सक्नु , आम नागरिकलाई उत्पादन सङ्ग जोड्न सक्नु , गन्यापधुराको विकास र सामाजिक न्यायको मौलिक र सिर्जनात्मक मोडेलको निर्माण र परिचालन गर्न सक्नु, राज्यको सार्वजनिक र लोककल्याणकारी सेवा प्रवाहको समानुपातिक र सहभागितामूलक वितरण गर्न सक्नु , उमेरले अल्लारे भन्ने गरेको हाम्रो क्षमताको सान्दर्भिकता र औचित्य पुष्टि गर्न सक्नु, राजनीतिक र सामाजिक मार्गदर्शनको सर्वदलीय र सर्वपक्षीय साझा धारणा र बिचार दिन सक्नु मेरा लागी चुनौतीका रुपमा खडा भएका छ ! दलमा आबद्ध हुनु भनेको स्वतन्त्र नहुनु होइन , स्वतन्त्रता बिचार सङ्ग जोडिने कुरा हो र राजनीतिक दलहरू हाम्रा लागि जरिया मात्र हुन , हामीले गर्दै आएको राजनीतिक , सामाजिक र वर्ग उत्थानका अभियानहरू निरन्तर बोलन्या थलीको भूमिकामा र पार्टीबाट पार्टीको भूमिकाको हैसियतले जारी राख्ने छु म सङ्ग जोडिएका थुप्रै साथीहरू यो निर्णयबाट आक्रोशित हुनुहुन्छ , म बुझ्छु तर थोरै वर्ष लाग्ला तपाईंहरुलाई गर्वको अनुभूति दिलाएरै छोड्ने छु । माफ गर्नु होला मैले अब पुर्णकालिन राजनीतिक यात्राको सुरुवात गरेको छु। धोका दियो नभन्नु होला है ! प्रिय बोलन्या थली ।’

जोशी सँगै नेकपा एकीकृतबाट केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरबहादुर विष्टको नाम पनि समावेश गरिएको छ । अब प्रदेश कमिटीले दुईमध्ये एकजनालाई छनोट गरी टिकटका लागि सिफारिस गर्नेछ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo