२१ मंसिर २०७९, बुधबार

नोभा हस्पिटलद्वारा आइसियू सेवा सुरु

२० फाल्गुन २०७७, बिहीबार
नोभा हस्पिटलद्वारा आइसियू सेवा सुरु

धनगढी : धनगढीमा रहेको नोभा हस्पिटलले आइसियू सेवा सुरु गरेको छ । बिहिवार एक कार्यक्रम गरि डाक्टर सुभेशराज कायस्थले उद्घाटन गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा निजि क्षेत्रबाट संचालित अस्पतालले यस्ता सेवाहरु थपिनुमा यस क्षेत्रका जनताका सहजसङ्गै खुसी रहेको डाक्टर कायस्थले बताए ।

बिरामीले छिमेकी मुलुक भारतमा उपचार गराउन जानु पर्ने बाध्यतालाई हटाउन नोभा हस्पिटलले स्वास्थ्य सेवा विस्तार गर्दै लगेको हस्पिटलकी सञ्चालका अनिता पन्तले बताईन् । १५ शैयाको अस्पताल रहेको हस्पिटलले स्वास्थ्य क्षेत्रमा केहि हद सम्म स्वास्थ्य क्षेत्रमा टेवा पुगेको उनले बताइन् ।

हस्पिटलले अहिले अत्याधुनिक प्रयोगशाला सहित हर्निया, हाइड्रोसिल, पाइल्स, एपेन्डिस,पत्थरी, हाड, जोर्नी तथा नशा रोग सम्बन्धित सम्पूर्ण सल्यक्रियाको सेवा दिदै आएको छ । यस्तै पेट, छाती तथा मुटु रोगीका लागि पनि सेवा दिदै आएको हस्पिटलकी प्रशासनिक अधिकृत सुमन भट्ट पनेरुले बताईन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo