KhabarUjyalo

माधव नेपाललाई प्रेम पत्र !

१७ चैत्र २०७७, मंगलवार
माधव नेपाललाई प्रेम पत्र !

“भुसले भकारी भरिएला तर पेट भरीदैन कम्रेड।”

इमानदारीता पनि एउटा गुण हो माघव कम्रेड प्रायः इमानदारीताले अरू घेरै अवगुण हरूलाई गौण बनिदिन्छन। तपाईमा त धेरै धैर्यता देखेका थियौं तर यति विचलित र विछिप्त भने देखेका थिएनौं।।।माधव कम्रेड प्रगतिशील व्यक्तिको पहिलो सिडी हो धैर्यता जुन अझै पनि हामीले तपाईबाट आशा राखेका छौं। माधव कम्रेड मैले त मायालाई मात्रै हृदयको इन्द्रेणी हो भन्छु।।। हृदय चाॅही सच्चा इश्वरको मन्दिर हो जनता तथा कार्यकर्ताको मायाको रूप कुन हो चिन्न नसक्दा पश्चातापको सागरमा पौडिन पर्छ यो नेकपा एमालेमा भरोसा राख्ने आम कार्यकर्ताको मायाको वाणी हो। आम जनताको भाग्य र भविष्य प्रतिको चिन्ताको विषय पनि हो। 

  माधव कम्रेड मैले प्रगतिलाई आत्मा र शरीरको विशाल सुन्दर स्वरूप हो भनि अर्थ्याउछु यो पार्टीको प्रगति तपाई जस्तै लाखौंलाख कार्यकर्ताको सम्मिलनबाट सम्भव भएको हो। न कि तपाईले भने जस्तो “मैले निर्माण गरेको हो।”

   आत्मवल उच्च वनाउनुस माधव कम्रेड तपाई भित्र सुतेको महानता फेरी ब्युँझिनेछ। अझै उच्च मानिस वन्न सक्नु हुनेछ।भुसले भकारी भरी भोकै बस्नु हुदैन यो मान्यता राख्छु,मतलब भुसको कुनै महत्व छैन भनेको चै हैन तर भुसले भकारी भरिएला तर पेट भरीदैन कम्रेड।।।हाम्रो तिर भुस सित्तैमा खच्चरलाई दिदिन्थे पछि पछि एउटा सुपोको २५/३० रुपैयाँमा बेच्ने गरेको पनि याद छ। । तर माधव कम्रेड पछिल्लो तपाईको गतिविधिले तपाईलाई भुस भन्दा सस्तो बनायो, चाहाना एउटै छ, तपाईको पार्टी प्रतिको योगदानको कदर गर्न सकु, मैले तपाईको कदर गरे पो पछिल्लो पिडीले मेरो पनि कदर गर्ला, संस्कार सिक्ला। तपाईमा जागेको अध्यक्षको मोहले पार्टी र कार्यकर्ता प्रति दया,माया विर्सीएर, कुल्चिएर हिड्न थाल्नु भयो, माधव कम्रेड दया भनेको धर्मको आत्मा हो यो आत्मा त्याग्न हुदैन।।। 

 हरेक क्षणमा वुद्धिको सहि प्रयोग गर्न सक्नुपर्छ, तपाईलाई हरेक कार्यकर्ताले एउटा बुद्धिजिवी अभिभावक ठानेकै त थिए, वुद्दि भनेको चेतनाको विकसित अवस्थामा उत्पन्न एक आध्यात्मिक गुण पनि हो। माधव कम्रेड यो स्वार्थी संसारमा मानिस आदारका भोका छन आदार सबै पाउन चाहान्छन तर अरूलाई आदार गर्न/दिन चाहादैनन्। तर यसलाई उल्टाइ दिने र असत्य सावित गरिदिने एउटा भनाइ छ नि “आफु भलो त जगत भलो!” तपाई ठिक हुदाँ हुदै पार्टीले गलत गरेको त हैन नि, यति विवेकी नेता तपाई कसरी कठपुतली बन्न सक्नुहुन्छ, आफ्नै सन्तान (एमाले) लाई कसरी कुल्चिने, निमोठ्ने र मार्ने दिशा तिर जान सक्नुहुन्छ?? 

  अब तपाईको राजनीतिक समय धेरै त छैन तर पनि तपाईको हिजोको पार्टी प्रतिको योगदान,लगाव,मेहनतलाई उच्च सम्मान गर्दै केही समय खर्चने प्रयास गरे। माधव कम्रेड समाज व्यक्तिको आधार हो, यो कुरा मैले हजुर जत्तिको एउटा पार्टीको अभिभावकलाई भनिराख्नु पर्छ जस्तो लाग्दैन।। समाजका निम्ती बाॅच्नु र मर्नु हरेक असल मानिसको धर्म हो।।। यो राजनीतिबाट सन्यास लिनुपर्ने उमेरमा पुग्नु भएको हजुरलाई ज्ञान हुनै पर्छ, समाज , राष्ट्र अनि पार्टी र कार्यकर्ता विर्सीएर व्यक्तिगत स्वार्थमा रुमलिनेहरू झुक्किएर पनि माथि उठन सक्दैनन्।।। मुक्काले हैन शान्त समाज मुस्कानले निर्माण हुन्छ, सकारात्मक सोचले निर्माण हुन्छ, वार्ता र सम्वादले निर्माण हुन्छ, तपाई एक इन्च झुक्दा पार्टी र राष्ट्र १ फुट माथी उठ्छ भने तपाई झुक्दा इतिहास उठ्नेछ, तपाई नझुक्दा पार्टी समेत फुट्ने छ। आत्मालोचना गर्नुस्, सच्चिनुस् र सुखी नेपाली समृद्ध नेपालको महां अभियानमा सामेल हुनुहोस। नेकपा एमाले जिन्दावाद! 

धन्यवाद। 

धर्मराज तिमिल्सीना 

अनेरास्ववियु केन्द्रीय सदस्य

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo