Khabar Ujyalo

वायुप्रदुषण रहित समाज : दिर्घकालिन समाधानको सोचको खाचो

१७ चैत्र २०७७, मंगलवार
वायुप्रदुषण रहित समाज : दिर्घकालिन समाधानको सोचको खाचो

एकाएक वातावरण प्रदुषण को हल्ला सबैतिर फैलियो, धेरै सन्चार माध्यमको हेड न्युज बन्यो। मन्त्रालय बाट सुचना जारि, ४ दिन बिधालय बन्द।
वायुप्रदुषण नौलो विषय भने पक्कै होइन, आज किन एकाएक चर्चामा,,,
आइक्यु एयर डटका अनुसार शुक्रबार काठमान्डौ विश्वको पहिलो प्रदुषित शहर बन्यो राजधानि धुलाम्य । सर्वसाधारणमा अनेक श्वाशप्रश्वको समस्या,ऑखा पोल्ने,  घाटि खसखस हुने गर्दछ।

हामिले परिकल्पना गरेका हाम्रा शहर कल्पना भन्दा भिन्न,,, बिकास त भयो तर चौतफिॅ हुन सकेन
बाध त बाधियो तर पुल बनाउन सकिएन भने जस्तै भो।
सडक तोडफोड जुन रुपमा भयो मर्मत त्यो अनुरुप मर्मत हुन सकेन, हुनत भत्काउन जति सजिलो बनाउन पक्कै पनि हुदैन तरपनि निरन्तरताको कमि धेरै ठाउमा यो त मात्र एक उदाहरण।।
फोहर मैलाको अस्तव्यस्त बिसर्जन , फोहर जलेउने कार्य रोक्न सकिएन। प्लास्टिक को कम प्रयोग गरौ भनेर प्रचार त गरियो तर उदाहरण बिरलै भेटिए।
मास्क अनिवार्य कोभिडले सिकायो सबै जसो सन्चार माध्यमा गुन्जियो तर त्यो मास्को बिसर्जन कसरि गर्ने भन्ने बिज्ञापनको ब्यापनिकरणमा कमि देखियो। हालको समस्या बाटै पिच्छे, घर वरिपरि जथाभाबि मास्क।

समाधान कसरि ?

विधालय मै गएर समयगत रुपमा वि्ञ हरु बाट सचेतनामुलक कार्यक्रम गर्न सक्यौ भने भोलि आफै सुरक्षित हुन्छ, भनिन्छ बच्चा लाइ सिकाउन सक्यौ भने बुवा आमा उसले सबैभन्दा राम्ररिसिकाउछ।
पब्लिक टर्न्सपार्ट को बिस्तार , निजि सवारि साधन को कम प्रयोग, बिधुतिय साधन को प्रचार,गरून सके धेरै सुधार आउछ
घरायसि चुलो को कम प्रयोग गरि एल पिजि ग्यास को बिस्तार गर्न सकियो भने गाउघर को प्रदुषण रोक्न सकिन्छ।
सौयॅ उर्जा को उत्पादन तथा खपत मा बिस्तार गर्न सके धेरै इन्धन को खपत रोक्न सकिन्छ। र अर्को महत्वपुर्ण वृझारोपण औधोगिकरण हुनुपर्छ बिकास का निम्ति  तर मापदण्ड पुर्याएर मात्र, सम्बन्धित निकायको अनुगमन पनि जरुरि छ।
प्रदुषण रोक्न केन्द्र को मात्र जिम्मेवारि नभइ हरेक गाउपालिका, नगरपालिका ले क्वालिटि मेनेजमेन्टमा ध्यान पुर्याऊनु आज को आवश्कता हो
हामिले ४ दिन विधालय बन्द गर्नु क्षणिक समाधान हो ४ दिनमा के चमत्कार होला र ? त्यसैले  दिर्घकालिन सोचको समाधानको खाचो छ ।
प्रदुषण सारा विश्व कै ध्यान केन्दित बिकराल समस्या हो, यस समस्याका सुधारका धेरै अवरोधहरु बेलामै रोकि आवश्क नियमकानुन प्रयोग गर्न सके हामि तथा हाम्रा सन्ततिले भोलि को उज्यालो भविश्य देख्नेछौ।

सुमन भट्ट पनेरु
प्रशासन प्रमुख
नोभा हस्पिटल प्रा लि
धनगढि कैलालि

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.