KhabarUjyalo

 कलाकार पवन खतिवडा पक्राउ

३ फाल्गुन २०७९, बुधबार
 कलाकार पवन खतिवडा पक्राउ

काठमाडौं । म्याकुरीको नामले परिचित कलाकार पवन खतिवडा सहित २ जनालाई मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा ईलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको छ ।

मंगलबार राति बेलबारी १ मा रहेकोएक होटलमा मादक पदार्थ सेवन गरी सँगै मादक पदार्थ सेवन गरेका बेलबारी ४ का एक युवालाई टाउकोमा प्रहार गरी टाउको फुटाईदिएका थिए । होटलबाट बाहिर निस्किएर झगडा गरेको प्रहरीलाई स्थानीयले खबर गरेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर खगेन्द्र धमलाले जानकारी दिए।

पिडित पक्ष ईलाकामा आएर सहमति नगरे सम्म खतिवडा प्रहरी नियन्त्रणमा रहने समेत उनले बताए । पिडितलाई भने अस्पताल लगिएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo