KhabarUjyalo

भारतबाट ल्याएको कोरोना विरुद्धको १० लाख डोज काठमाडौँ आइपुग्यो

९ फाल्गुन २०७७, आईतवार
भारतबाट ल्याएको कोरोना विरुद्धको १० लाख डोज काठमाडौँ आइपुग्यो

काठमाडौँ । नेपालले भारतसँग खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौँ आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित १० लाख डोज खोप काठमाडौं विमानस्थल आइपुगेको हो ।

सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । सोही सम्झौता अनुरुप पहिलो पटकमा १० लाख डोज आएको हो । बाँकी १० लाख डोज पनि फागुन २३ गते अगावै आउने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

खोप विमानस्थलबाट भण्डारणका लागि टेकुस्थित ’कोल्डरुम’मा लगिने छ । यही फागुन २३ गतेदेखि सञ्चालन हुने नयाँ खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने मन्त्रालयले जनाएको छ ।

दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिक र जोखिम समूहलाई प्राथमिकतामा राखेर दिइनेछ ।

माघ ८ गते १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । जस अनुसार पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo