बिराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले सेटिङ्गमा प्रतिनिधिसभा पुर्स्थापना भए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
नेकपा ओली समूहले शनिबार विराटनगरमा गरेको आमसभामा ओलीले बोल्दै ‘कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संविधानको मर्म र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला।’
प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला उप्रधानमन्त्रीले भने संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरे ।
