धनगढी : चालु आर्थिक बर्ष २०७७÷०७८को सात महिनामा २४ अर्बको मोबाइल फोन भित्रिएको छ । कोरोना भाइरसका कारण देशव्यापी लकडाउन भएपछि अनलाइन क्लास र अनलाइन क्रियाकलाप ह्वातै बढेपछि नेपालमा मोबाइल आयात बढेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा २४ अर्ब ६ करोड रुपैयाँ बराबरको ४३ लाख ६८ हजार सेट मोबाइल फोन भित्रिएको हो ।
गत बर्ष सोहि अबधिमा १३ अर्ब तीन करोडको ३३ लाख ३५ हजार सेट मोबाइल आयात भएको थियो । गत बर्षको तुलनमा यो बर्ष ११ अर्बको १० लाख सेट फोन बढी आयात भएको तथ्याङ्कमा उल्लेख छ । २०७६÷७७को सात महिनमा १३ अर्ब रुपैयाँको ३३ लाख सेट मोबाइलफोन नेपाली बजारमा भित्रिएको थियो ।