काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहले जस्तोसुकै अवस्था पनि सामना गर्ने निष्कर्ष निकालेको छ । शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले अब आउने जस्तोसुकै परिस्थितिको पनि सामना गर्न पार्टी तयार हुने निष्कर्ष निकालेको हो ।
आकस्मिक रुपमा बसेको अनौपचारिक बैठकले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगले श–शरीर उपस्थित हुनुपर्छ भने पनि आफूहरू तयार रहेको भन्दै आयोग र अदालत आफूहरूविरूद्ध गए संघर्षमा जाने निष्कर्ष निकालेको हो ।