२४ मंसिर २०७९, शनिबार

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी चुनावमा नराम्ररी पराजित

६ फाल्गुन २०७७, बिहीबार
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी चुनावमा नराम्ररी पराजित

एजेन्सी : भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) पञ्जाबको निकाय चुनावमा नराम्ररी पराजित भएको छ ।

चुनावमा भारतीय कांग्रेसले उत्साहजनक नतिजा निकालेको छ । पञ्जाबका ८ मध्ये ६ नगर निगममा कांग्रेसले जितेको छ ।

बठिंडा, अबोहर, कपूरथला, होशियारपुर, फतेहगढ चूडियाँ क्षेत्रमा भाजपा र आम आदमी पार्टी (आप) को पत्तासाफ भएको छ । पञ्जाबमा अकाली दल दोस्रो ठूलो पार्टी बनेको छ । भाजपा सांसद सनी देओलको क्षेत्रमा भाजपाले खाना नै खोल्न सकेन ।

पञ्जाबको अबोहर नगर निगमका ५० वडामध्ये ४९ वडामा कांग्रेस र १ वडामा अकाली दलले जितेको छ । भाजपा र आपले खाता नै खोल्न सकेनन् । बठिंडामा ५० मध्ये ४३ वडामा कांग्रेसले जितेको छ भने ७ वडामा अकाली दलले जितेको छ ।

कांग्रेसले क्याप्टन अमरिन्दर सिंहको नेतृत्वमा चुनावी अभियान सञ्चालन गरेको थियो । निकाय चुनावको नतिजाबाट कांग्रेस हौसिएको छ भने सन् २०२२ मा हुने विधानसभा चुनावमा कांग्रेसले राम्रो प्रदर्शन गर्ने आशा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo