KhabarUjyalo

विद्यालयबाट घर फर्कदै गर्दा खोलाले बगाएर नाबालक दाजुभाइको मृत्यु

३ असार २०८३, बुधबार
विद्यालयबाट घर फर्कदै गर्दा खोलाले बगाएर नाबालक दाजुभाइको मृत्यु

प्यूठानमा स्कुलबाट घर फर्किँदै गर्दा बगेर बेपत्ता मध्य दुबै दाजु भाइको शव भेटिएको छ । जिल्लाको नौबहिनी गाउँपालिका–५ का ७ वर्षीय विमल खत्री र १० वर्षीय मिलन खत्री मंगलबार दिउँसो ३ बजेतिर विद्यालयबाट घर फर्किने क्रममा जोगी पनेरा खहरे खोला तर्ने क्रममा बगेका थिए । भाइ विमलको शव मंलबार बेलुका नै भेटिएको थियो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार बेपत्तामध्य दाजु मिलनको शव बुधबार बिहान भेटिएको हो । उनीहरु दुवै स्थानीय यामबहादुर खत्रीका छोराहरु हुन् ।

दुई नाबालक छोराको एकै साथ खहरे खोलाले बगाउँदा मृत्यु भएपछि खत्री परिवार शोकमा डुबेको छ । खहरे खोलामा आएको बाढीले बगाउँदा ज्यान गुमाएका दुबै दाजु भाइ नौबहिनी गाउँपालिका–५ काँटेस्थित श्री जनता प्राथमिक विद्यालयमा अध्यनरत थिए ।

भाइ विमल कक्षा १ र दाजु मिलन कक्षा ३ मा अध्यनरत थिए । विद्यालयबाट घर फर्किदै गरेका दुई बालक खोलाले बगाएको सूचना मंगलबार बेलुकी साढे ६ बजेतिर वडा सदस्य कुलबहादुर खत्रीले प्रहरीलाई दिएका थिए ।

सूचना पाएलगत्तै प्रहरी चौकी डार्मीबाट प्रहरी सहायक निरीक्षक हरिभक्त चौधरीको नेतृत्वमा दुई जना र इलाका प्रहरी कार्यालय लुङबानेबाट प्रहरी निरीक्षक दिपेश चौधरीको नेतृत्वमा पाँच जनाको टोली खोजीका लागि खटिएको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo