Khabar Ujyalo

नियम मिचेर गन्यापधुरा गाउँपालिकाका अध्यक्षले आईफोन १६ प्रो म्याक्स र एक वडाध्यक्षले स्मार्टफोन किने !

२५ जेष्ठ २०८३, सोमबार
नियम मिचेर गन्यापधुरा गाउँपालिकाका अध्यक्षले आईफोन १६ प्रो म्याक्स र एक वडाध्यक्षले स्मार्टफोन किने !

डडेल्धुरा: डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्र कार्की र वडा नम्बर ३ का वडाध्यक्ष चक्र बहादुर देउवाले नियमविपरीत महङ्गा मोबाइल खरिद गरेको पाइएको छ ।

महालेखाको आठौ प्रतिवेदनअनुसार गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीका लागि एप्पल आईफोन १६ प्रो म्याक्स २५६ जीबी तथा चार्जरलगायतका सामग्री खरिद गर्न २ लाख ८ हजार रुपैयाँ खर्च गरिएको छ। त्यस्तै, वडा नम्बर ३ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता चक्रबहादुर देउवाका लागि इन्फिनिक्स जिरो–३० मोबाइल सेट ५० हजार ८५० रुपैयाँमा खरिद गरिएको पाइएको छ।

महालेखाले प्रतिवेदनमा निजी प्रयोगमा आउने मोबाइल फोन, ट्याब्लेट डिभाइज लगायतका खरिद गर्न पाउने व्यवस्था नभएको स्पष्ट उल्लेख गरेको छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.