Khabar Ujyalo

बैतडीको रौलेश्वर माविमा ट्र्याक सुट तथा औषधि सहयोग !

२९ जेष्ठ २०८३, शुक्रबार
बैतडीको रौलेश्वर माविमा ट्र्याक सुट तथा औषधि सहयोग !

बैतडी — बैतडी जिल्लाको पुर्चौडी नगरपालिका १० मा रहेको रौलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्र्याक सुट तथा विद्यालयलाई औषधि सहयोग गरिएको छ।
बिहीबार आयोजित एक कार्यक्रममा खान पुगोस् दिन पुगोस् अभियान नेपालले विद्यालयका विद्यार्थीलाई ट्र्याक सुट वितरण गरिएको हो।

अभियानका संयोजक घनश्याम भट्टका अनुसार अभियानमार्फत संकलित रकम तथा धनगढीस्थित निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्तले आफ्नो तथा श्रीमतीको जन्मदिनको अवसरमा उपलब्ध गराएको सहयोग गरी १ सय ७६ विद्यार्थीलाई ट्र्याक सुट र शैक्षिक सामाग्री वितरण गरिएको हो।
कार्यक्रममा संयोजक भट्टले अभियानलाई सहयोग गर्ने सबै व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।

यसैगरी, नवजीवन अस्पताल, धनगढीले विद्यालयलाई आवश्यक औषधि सहयोग गरेको छ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र महराले विद्यालयमै पुगेर सहयोग गर्ने संस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै यस प्रकारको सहयोगले विद्यार्थी तथा विद्यालयलाई ठूलो राहत पुगेको बताए।

कार्यक्रममा वडा जनप्रतिनिधि, अभियानका सदस्य, अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि, विव्यसका अध्यक्ष, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.