KhabarUjyalo

कांग्रेस सुदूरपश्चिमको प्रदेशस्तरीय भेलामा प्रदेश सभापति बलायर र कैलालीका सभापति भट्ट सहभागी नहुने !

२६ बैशाख २०८३, शनिबार
कांग्रेस सुदूरपश्चिमको प्रदेशस्तरीय भेलामा प्रदेश सभापति बलायर र कैलालीका सभापति भट्ट सहभागी नहुने !

कांग्रेस सुदूरपश्चिमको प्रदेशस्तरीय भेलामा प्रदेश सभापति बलायर र कैलालीका सभापति भट्ट सहभागी नहुने !

कांग्रेस सुदूरपश्चिमको प्रदेशस्तरीय भेलामा प्रदेश सभापति वीर बहादुर बलायर र कैलालीका सभापति नारायणदत्त भट्ट सहभागी नहुने भएका छन् । देउवा पक्षीय प्रदेश सभापति वीर बहादुर बलायर र कैलालीका सभापति नारायणदत्त भट्ट सहभागी नहुने भएका हुन् ।

धनगढीमा आज बैशाख २६ र भोलि २७ गते दुई दिन काँग्रेसको प्रदेशस्तरीय भेला हुन लागेको छ ।

भेलालाई सम्बोधन गर्न नेपाली काँग्रेसका सभापति गगनकुमार थापासहितका नेता धनगढीमा पुगेका छन् ।थापालाई स्वागत गर्न देउवा पक्षीय मानिने मुख्यमन्त्री कमलबहादुर शाहसहित प्रदेश मन्त्री र कार्यकर्ता विमानस्थल पुगेका थिए । तर प्रदेश सभापति वीरबहादुर बलायर र कैलाली सभापति नारायणदत्त भट्ट भने अनुपस्थित भएका थिए ।

देउवालाई पार्टी सभापतिबाट हटाउदै गगन थापा विशेष महाधिवेशनबाट काङ्ग्रेस सभापति बनेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo