KhabarUjyalo

प्रचण्डलाई गिरफ्तार गर्न माग गर्दै निवेदन दर्ता

९ कार्तिक २०७९, बुधबार
प्रचण्डलाई गिरफ्तार गर्न माग गर्दै निवेदन दर्ता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल गिरफ्तार गर्नुपर्ने माग सहित राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता भएको छ।

माओवादी द्वन्द्व पीडित ज्ञानेन्द्रराज आरण (रामेछाप) र पूर्णप्रसाद पौडेल (सुर्खेत)ले कात्तिक ९ गते (बुधबार) मानव अधिकार आयोगमा निवेदन दिएका हुन्। 

निवेदनमा दशक लामो माओवादी सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षबाट घाइते, अङ्गभङ्ग, यातना पाएका, बेपत्ता पारिएका, यौनजन्य हिंसामा परेका, सम्पत्ति कब्जामा परेका, चल सम्पत्ति लुटपाट भएका, विस्थापित लगायतका पीडितको जिम्मा दाहालले लिनुपर्ने उल्लेख छ।

पाँच हजार मान्छे मारेको हुँ भन्दा भन्दै दाहालमाथि कानूनी कारबाही नहुनु विडम्बना भएको निवेदकहरूको धारणा छ। 

तिहारका कारण सार्वजनिक बिदा भएकाले इमेलमार्फत निवेदन दर्ता गरिएको जनाइएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo