KhabarUjyalo

धनगढी पुगेर देउवाले भनेः गठबन्धनका उम्मेदवारहरूलाई जिताउनु होस्

६ कार्तिक २०७९, आईतवार
धनगढी पुगेर देउवाले भनेः गठबन्धनका उम्मेदवारहरूलाई जिताउनु होस्

धनगढी,६ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन आह्वान गरेका छन् ।आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका छन् ।

चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए ।

२००७ सालदेखि लडाई लड्दै लाएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ ।  

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo