KhabarUjyalo

आचारसंहिता उल्लंघन गर्ने कसैलाई पनि छाडिन्न : प्रमुख निर्वाचन आयुक्त थपलिया

४ कार्तिक २०७९, शुक्रबार
आचारसंहिता उल्लंघन गर्ने कसैलाई पनि छाडिन्न : प्रमुख निर्वाचन आयुक्त थपलिया


काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कसैलाई पनि नछोडिने बताएका छन्।

विराटनगरमा शुक्रबार प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै थपलियाले दलका नेता आफैले आचारसंहिता पालना गर्छु भनेर दस्तखत गरेको उल्लेख गरे। उनीहरूले सहमति जनाएकै विषय कार्यन्वयन गर्दा कोकोहोला मच्याएको आरोप लगाए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले “स्पष्टीकरणले तरङ्ग पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि!”

उनले निर्वाचन आचारसंहिता पालना गर्नेले डराउनै नपर्ने बताए। “निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको छ। जुन राजनीतिक दलहरूकै अनुरोधमा तयार गरिएको हो,” उनले भने।

उनले निर्वाचनलाई स्वतन्त्र र निश्पक्ष बनाउन आयोग लागिरहेको बताए। “निर्वाचन पद, पैसा र पहुँचले प्रभावित हुनुहुँदैन, निष्ठा विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ,” थपलियाले भने। उनले निर्वाचनको स्वच्छताको लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग पनि आग्रह गरे।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo