एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्। गृहजिल्ला झापामा आएका अध्यक्ष ओली अस्वस्थ भएका हुन्। उनलाई ज्वरो, रुघाखोकीले सताएपछि दमक- ९ स्थित निवासमा आराम गरिरहेको एमाले नेता तथा झापा-५ ‘क’ का उम्मेदवार हिक्मत कार्कीले जानकारी दिए।
प्रेस चौतारी झापाले मंगलबार साँझ ओलीसँग पत्रकार सम्मेलन राखेको थियो। यद्यपि, सन्चो नभएका कारण उनी पत्रकार सम्मेलनमा आउन नसकेको कार्कीले बताए। ओलीलाई ज्वरो आएपछि अन्य आन्तरिक कार्यक्रम र भेटघाट पनि स्थगित गरिएको छ।

