KhabarUjyalo

ओलीप्रती प्रचण्डको कटाक्ष: गोरुगाढावाला प्रवृत्ति फेरिएन

१ कार्तिक २०७९, मंगलवार
ओलीप्रती प्रचण्डको कटाक्ष: गोरुगाढावाला प्रवृत्ति फेरिएन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति अझै नफेरिएको टिप्पणी गरेका छन् ।

ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

‘गणतन्त्र ल्याउनु र गोरु गाढा चढेर अमेरिका जानु एउटै हो भन्ने नेताहरू पनि थिए । हामीले बिर्सन हुँदैन । त्यो प्रवृत्ति थियो । गोरु गाढा प्रवृत्तिविरुद्ध आन्दोलन गरेर देश सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रमा गएको हो । समावेशी र समानुपातिक सिद्धान्तमा गइसकेपछि हिजो गोरुगाढावाला नेताहरू त बद्लिए भन्ने लागेको थियो । तर, होइन रहेछ’, उनले भने ।

एमालेले देशमा अराजकता ल्याएर सामन्तवादलाई स्थापित गराउन चाहेको उनले आरोप लगाए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo