KhabarUjyalo

आयोगले भन्यो- कार्तिक ५ गतेभित्र जरिवाना रकम नबुझाए बन्दसूचीबाट नाम हटाइने

३० आश्विन २०७९, आईतवार
आयोगले भन्यो- कार्तिक ५ गतेभित्र जरिवाना रकम नबुझाए बन्दसूचीबाट नाम हटाइने

काडमाडौं : भखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा उ खर्चको विवरण नबुझाउने उम्मेदवारहरूले आगामी कार्तिक ५ गतेभित्र जरिवाना रकम बुझाउनुपर्ने भएको छ।

निर्वाचन आयोगले आइतबार एक सूचना जारी गर्दै जरिवाना रकम बुझाउन निर्देशन दिएको हो। 

आयोगको गत भदौ ३१ को निर्णयानुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिवाना भएको थियो। 

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा समावेश भएको भए जरिवाना नबुझाउने उम्मेदवारको नाम बन्दसूचीबाट हटाइने आयोगले जनाएको छ। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo