डडेल्धुरा : आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा दलहरू चुनावमा होमिएका छन् । दलहरुविच तालमेल र गठबन्धन गरेर चुनावमा होमिएका छन् ।
डडेल्धुरामा यसपटक यसअगाडिका प्रतिस्पर्धीहरु नै सहकार्य गर्दै चुनावी तालमेल र गठबन्धन गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासंग तीन पटक प्रतिस्पर्धी रहेका माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट अहिले प्रधानमन्त्री देउवासंग सहकार्य गरेर प्रदेश क मा चुनावी मैदानमा उत्रिएका छन् ।
डडेल्धुरामा गठबन्धन गरेर प्रतिनिधि सभामा माओवादीको समर्थन लिदै प्रधानमन्त्री देउवा प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । भने तीन पटकका निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी रहेका भट्टलाई प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट गठबन्धनको उम्मेदवार बनेका छन् ।
पहिलो संविधानसभा निर्वाचनमा देउवासँग १ हजार ३६८ मतान्तरले भट्ट हारेका थिए । देउवाले २० हजार ५२९ मत ल्याउँदा खगराजले १९ हजार १६१ मत ल्याएका थिए । पहिलोपटक झिनो मतान्तरले हारेका खगराज दोस्रो संविधानसभाको निर्वाचनमा देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मत ल्याए ।
तेस्रो पटक २०७४ को चुनावमा वाम गठबन्धन हुुँदा पनि खगराजलाई देउवाले ६ हजार ९२९ मत अन्तरले पछाडि पार्दै पराजित भए । अहिले उनै भट्ट देउवासंग सहकार्य गर्दै प्रदेश ख मा गठबन्धनबाट उम्मेदवार बनेका छन् ।
यस्तै यसअघि प्रदेश ख मा प्रतिस्पर्धा रहेका कर्ण मल्ल र डा. तारा जोशी सहकार्य गर्दै चुनावी मैदानमा रहेका छन् । प्रतिनिधि सभामा नेपाली कांग्रेस (विपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई डा. जोशीको दल नेकपा एसले समर्थन गरेको छ । भने प्रदेश ख मा स्वतन्त्र उम्मेदवार दिएका डा. जोशीलाई कांग्रेस (विपी)ले समर्थन गरेको छ ।
२०७४ सालको निर्वाचनमा प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा मल्लले प्रतिस्पर्धामा रहेका डा. जोशीलाई ३५६ मतले पराजित गरेका थिए। अहिले उनै मल्लले डा. जोशीलाई समर्थन गरेका छन् । उति बेला मल्ल कांग्रेसमा थिए भने जोशी एमालेमा थिए । अहिले दुवै पुरानो पार्टीलाई छोडेर नयाँ पार्टीबाट चुनावी मैदानमा छन् । जोशी गठबन्धनबाट टिकट नपाएपछि प्रदेश ख मा स्वतन्त्र उम्मेदवार दिएका छन् । यसअघि एमाले र कांग्रेस (विपी) तालमेल सहमति भएको थियो । स्वतन्त्र उम्मेदवारलाई कांग्रेस (विपी)ले सहयोग गरेको भन्दै एमालेले कांग्रेस (विपी) संग तालमेल तोडेको थियो ।

