धनगढी । डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभामा उठेका स्वतन्त्र उम्मेदवार सागर ढकालले आफैलाई भोट हाल्न नपाउने भएका छन् ।
निर्वाचन आयोगल् मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेका व्यक्तिलाई भोट हाल्न नपाउने व्यवस्था गरेकाले उनी आफैलाई मत दिन नपाउने भएका हुन् ।
निर्वाचन आयोगकाअनुसार समानुपातिक उम्मेदवारले समेत मतदान गर्न पाउने छैनन् । स्वतन्त्र उम्मेदवार ढकालको मतदाता नामावली गुल्मीमा रहेको छ ।

