KhabarUjyalo

देउवाविरुद्ध एमालेको समर्थनमा कर्ण मल्ल भिड्ने

२१ आश्विन २०७९, शुक्रबार
देउवाविरुद्ध एमालेको समर्थनमा कर्ण मल्ल भिड्ने

धनगढी । डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार घोषणा गरेका नेपाली कांग्रेस (बीपी) का वरिष्ठ  उपसभापति कर्ण मल्ललाई एमालेले समर्थन गर्ने निर्णय गरेको छ ।

कांग्रेसका सभापति देउवालाई साथ दिएका मल्ल यसपटक देउवासँगै प्रतिस्पर्धा गर्ने भएका हुन् । मल्ललाई नेपाली कांग्रेसले पार्टीको सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरेको थियो ।

नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी) मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो । त्यही तालमेललाई निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको छ । यस अघि  एमाले डडेलधुराले पूर्व प्रदेश मन्त्री पठानसिंह बोहोराको नाम एकल सिफारिस गरेको थियो ।

प्रदेशसभातर्फ क मा पठानसिंह बोहोरा र प्रदेश ख मा गजेन्द्र शाहीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo