KhabarUjyalo

कांग्रेसलाई माधव नेपालको चेतावनी: हैसियतभन्दा बढी सिट नखोज

१८ भाद्र २०७९, शनिबार
कांग्रेसलाई माधव नेपालको चेतावनी: हैसियतभन्दा बढी सिट नखोज

विराटनगर । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठवन्धन दल नेपाली कांग्रेसलाई हैसियतभन्दा बढी सिट माग्ने काम नगर्न आग्रह गरेका छन् ।

शनिबार बिराटनगरमा आयोजित पेशागत महासंघको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले कांग्रेसकै कारण सिट बाँडफाँट टुङ्गो नलागेको समेत बताए ।

कांग्रेसले अस्वभाविक दाबी गरेका भन्दै उनले भने, ‘हामीले छलफल चलाइरहेका छौ, तर कांग्रेसमा अहंकार देखिएको छ । हामीलाई सय सिट चाहियो । उब्रिएको तिमीहरु बाँड भन्छन् । हामीले उनीहरुलाई जवाफ दिएका छौं, हैसियतभन्दा बढी माग्ने काम नगर ।’

त्यस्तै, अध्यक्ष नेपालले असअघि २३ सिट मात्र जितेको कांग्रेसलाई त्यसको तीन गुनासम्म दिन सक्ने भन्दै भने, ‘२३ को तीन गुणा ६९ सिट, त्यसमा एउटा थपिदिँदा ७० सिट । हामी ७० भन्दैछौं, उनीहरु सय भन्दैछन् । मिलाउने गाह्रो छ ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo