KhabarUjyalo

कैलाली– ५ बाट डा. आरजू देउवा चुनाव लड्ने पक्का !

१६ भाद्र २०७९, बिहीबार
कैलाली– ५ बाट डा. आरजू देउवा चुनाव लड्ने पक्का !

धनगढी । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ डा. आरजू राणा देउवालाई उम्मेदवार बनाउने भएको छ । 

नेपाली कांग्रेस कैलाली निर्वाचन  क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधबार बसेको बैठकले डा. राणालाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उम्मेदवार बनाएको हो ।  

प्रतिनिधि सभा समानुपातिकतर्फबाट जीवन रानालाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

यस्तै प्रदेश सभा निर्वाचनको लागि प्रदेशको प्रत्यक्ष र समानुुपातिकतर्फ भने २६ जनाले दाबी गरेका छन् । बुधबार नेपाली कांग्रेस कैलाली धनगढी पार्टी कार्यालयमा बसेको बैठकले उमेदवारको नाम सिफारिस गरेको छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo