KhabarUjyalo

रबि लामिछाने प्रचण्डविरुद्ध चितवनबाट उठ्दै !

१५ भाद्र २०७९, बुधबार
रबि लामिछाने प्रचण्डविरुद्ध चितवनबाट उठ्दै !

काठमाडौ : आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभाको चुनावमा लोकप्रिय सञ्चारकर्मी तथा राष्ट्रीय स्वतन्त्र पार्टिका केन्द्रीय सभापती रवी लामीछाने चितवनबाट नेकपा माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिरुद्वमा उठ्ने भएका छन्।

पुर्व प्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्र चितवन–३बाट लामिछानेले चुनौती दिने भएका हुन्। पार्टी स्रोतका अनुसार समर्थक र शुभेच्छुकहरुले रवी लामिछानेलाई चितवन रोज्न आग्रह गरिरहेको जनाएको छ ।

संचार क्षेत्र छोडेर नंया पार्टी गठनलगत्तै लामिछाने देश दौडाहा सुरु गरेका थिए । देशका सातैवटा प्रदेशमा भेला आयोजना गरेर आफ्नो समर्थनमा राम्रो सहभागीता पाएपछि ठुला नेतालाई चुनौती दिन तयार भएका छन् । पार्टी स्रोतका अनुसार उनको सबैभन्दा पहिलो प्राथमिकता भने चितवन हो । त्यसमा पनि चितवन–३, जहाँबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिने अनौपचारिक घोषणा गरिसकेका छन् ।

यसअघी अनौपचारिक कुनै कार्यक्रममा बोल्दै लामिछानेले आफू ठुला दलका ठुलै नेताको क्षेत्रबाट चुनाव लड्नुपर्छ भनेर बोलेका थिए ।

माओवादीका अध्यक्ष प्रचण्डका बिरुद्वमा नै लामीछाने उठ्ने स्रोतले दावि गरेसँगै अब दलमा समेत हलचल उत्पन्न हुन थालेको छ । कसले बाजि मार्ला त्यो अनुमान गर्न सकिन्न तर आगामि चुनाव प्रतिस्पर्धात्मक र रोचक बन्ने छ ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय दल बन्नका लागि समानुपातिकमा कम्तीमा ३ प्रतिशत मतका साथै प्रत्यक्षमा कम्तिमा एक सिट अनिवार्य जित्नुपर्छ । समानुपातिकमा ३ प्रतिशत वा सोभन्दा बढी भोट आएर प्रत्यक्षमा एक सिट पनि नजित्दा, समानुपातिकतर्फ सिट प्राप्त गर्ने ढोका त खुल्छ, तर राष्ट्रिय पार्टी बन्ने मौका गुम्छ । त्यसैले, राष्ट्रिय स्वतन्त्र पार्टीलाई राष्ट्रिय पार्टीका रुपमा स्थापित गर्न पनि रविमाथि कम्तीमा आफूले चुनाव जित्नुपर्ने दवाव छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo