KhabarUjyalo

अन्तिम मतपरिणाम आउनु अघि नै बालेन बालकोट पुगेर भेटेका थिए ओलीलाई

१८ जेष्ठ २०७९, बुधबार
अन्तिम मतपरिणाम आउनु अघि नै बालेन बालकोट पुगेर भेटेका थिए ओलीलाई

काठमाडौँ – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको खुलेको छ।

निर्वाचनको अन्तिम मतपरिणाम आउनु अघि नै साहले अध्यक्ष ओलीसँग भेट गरेको तस्वीर सार्वजनिक भएको हो। बालेनसहित पाँचजनाको टिम ओलीलाई भेट्न बालकोट पुगेका बताइएको छ । त्यसक्रममा उनीहरुले सामूहिक भेटघाट र त्यसपछि बालेन-ओलीबीच एक्ला एक्लै भेट भएको थियो।

मेयर साहले निर्वाचित भएलगत्तै प्रधानसेनापति प्रभुराम शर्मालाई पनि भेट गेरेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo