काठमाडौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेम आलेले महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउदो केपी ओलीलाई दाच्दा अहंकार कुनै कमि छैन र जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए।
उनले भने, ‘आज कोही व्यक्तिको अहंकारले गर्दा संघको सरकार पनि गयो। प्रदेशको सरकार पनि गयो। अझै त्यो व्यक्तिले अब आउने वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने जुन घमण्ड गरेको छ। त्यो घमण्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुइटैलाई दाज्यौं भने अहंकारमा कुनै कमी छैन। तपाईंहरू मूल्यांकन गर्नुहोस्। जनताले आगामी वैशाख ३० गते जवाफ दिनेवाला छन्।’
मन्त्री आलेले आगामी ३ वर्षभित्र सम्पन्न हुने गरी चलचित्र नगरी दोलखाका लागि आवश्यक बजेटको व्यवस्था गर्न आफूले सक्दो पहल गर्ने बताए। त्यसका लागि आफूले प्रधानमन्त्री, सञ्चारमन्त्री र अर्थमन्त्रीसँग छलफल गर्ने पनि उनले बताए।

