KhabarUjyalo

प्रधानमन्त्री देउवाले गरे देशकै दोस्रो ठूलो सबस्टेसन उद्घाटन

५ चैत्र २०७८, शनिबार
प्रधानमन्त्री देउवाले गरे देशकै दोस्रो ठूलो सबस्टेसन उद्घाटन

काठमाडौ : राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको मन्थलीमा निर्मित ‘न्यु खिम्ती सबस्टेसन’ शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। ढल्केबरस्थित ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनपछि यो देशकै दोस्रो ठूलो सबस्टेसन भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार न्यु खिम्ती सबस्टेसन उद्घाटन गर्न देउवा शनिबार बिहान काठमाडौंबाट रामेछाप पुगेका हुन्। साथमा ऊर्जामन्त्री पम्फा भुसाल, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि छन्।रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेसनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ।

सोही सबस्टेसन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौं जोडिएको छ। सबस्टेसनमा १०० एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ। सो सबस्टेसनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ।

प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीनवटा सबस्टेसन सञ्चालनमा छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo