KhabarUjyalo

कांग्रेसका महामन्त्री गगन थापाले सांसदको २ वर्षको तलब स्वास्थ्य केन्द्रलाई

१ चैत्र २०७८, मंगलवार
कांग्रेसका महामन्त्री गगन थापाले सांसदको २ वर्षको तलब स्वास्थ्य केन्द्रलाई

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य प्रबद्र्धनका लागि २ वर्षको तलब दिने घोषणा गरेका छन् । आज मंगलबार बिहान सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै महामन्त्री थापाले आफूले स्वास्थ्य प्रबद्र्धनका लागि आफ्नो दुई वर्षको तलब दिने घोषणा गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नं ३० मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको छ।


स्वास्थ्य केन्द्र सञ्चालनका लागि सांसदबापत प्राप्त २ वर्षको तलब पूर्व स्वास्थ्यमन्त्री थापाले सहयोग गर्ने घोषणा गरेका हुन् । स्थानीय नागरिकलाई स्वास्थ्य सेवा दिन काठमाडौं वडा नम्बर ३० को वडा कार्यालयले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको हो। यो सहरी स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा मानव स्वास्थ्य नामक संस्थाले लिएको अध्यक्ष दिपेश तामाङले जानकारी दिए। ​संस्थाले अहिले स्रोत जुटाउन कठिनाई भैरहेका बेला महामन्त्री थापाले सहयोग गरेका हुन् । डा. आरती शाहका अनुसार हाल स्वास्थ्य केन्द्रमा अहिले ९ जना कर्मचारी महिला मात्र कार्यरत छन्। २ जना स्वास्थ्यकर्मी वडाले खटाउने र स्वास्थ्यकर्मी वडाका हरेक घर पुगेर स्वास्थ्य अनुगमन गर्ने उनले जानकारी दिए

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo