KhabarUjyalo

भिम रावलप्रती देउवाको आक्रोश ‘रक्षामन्त्री हुँदा MCC अगाडि बढाउने अहिले विरोध गर्न लाज छैन?’

३० फाल्गुन २०७८, सोमबार
भिम रावलप्रती देउवाको आक्रोश ‘रक्षामन्त्री हुँदा MCC अगाडि बढाउने अहिले विरोध गर्न लाज छैन?’

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनाको विरोध गरेकोमा प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन्।

रावलले मन्त्री हुँदा एमसिसीको विरोध नगरेको तर अहिले विरोध गरेको भन्दै देउवा आक्रोशित भएका थिए।

आज नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा बोलेका प्रधानमन्त्री देउवाले ओली सरकारले संसदमा पेश गरेको एमसिसी प्रस्ताव आफूहरूले पारित गरेको बताए।

‘आफू क्याबिनेटमा हुँदा पास गरेर संसदमा ल्याउने। मैले ओलीजीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा किन टाउको दुखाउने?,’ प्रधानमन्त्री देउवाले भने, ‘अरूलाई टाउको दुखेको छैन, भीम रावललाई टाउको दुख्यो। उहाँ त्यसबेला मन्त्री हुनुहुन्थ्यो। उसबेला दिमाग खुस्किएको थियो? थाहा छैन भन्ने ठान्नुहुन्छ यहाँ?’

ओली सरकारमा रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषदले एमसिसी पारित गरी संसदमा प्रस्ताव ल्याएको देउवाको भनाइ थियो।

‘त्यसबेला किन विरोध गर्नुभएन? राजीनामा किन दिनु भएन,’ रावललाई प्रश्न गर्दै देउवाले भने, ‘अहिले आएर बोल्न लाज छैन? भीम रावल के हेरेर बसे त्यसबेला अहिले विरोध गर्दैछन्।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo