KhabarUjyalo

हरियो रङ्ग देख्दै एमाले तर्सियो : महामन्त्री बिश्वप्रकाश

२६ फाल्गुन २०७८, बिहीबार
हरियो रङ्ग देख्दै एमाले तर्सियो : महामन्त्री बिश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विभाजित कम्युनिष्ट पार्टी हरियो रङ्ग देख्दै तर्सिन थालेको बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

‘हरियो देख्दैमा तर्सिनुपर्दैन’, महामन्त्री शर्माले भने । ‘पहिलो साउनमा के भएकाले हरियो देख्छ भन्थे, अहिले चाहिँ विभाजित कम्युनिष्ट पार्टी हरियो रङ्ग देख्ने बित्तिकै तर्सिन थाल्यो । चुनावमा कसैले तर्सिइरहन आवश्यक छैन, कांग्रेसले स्वस्थ प्रतिस्पर्धा गर्छ’, उनले भने । महामन्त्री शर्माले निर्वाचनमा सबैको सहभागिता आवश्यक रहेकोमा जोड दिँदै निर्वाचनमा विजय प्राप्त गर्न कांग्रेस मर्यादित रुपमा प्रस्तुत हुने स्पष्ट पारे ।

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि मतपत्रको रङ्ग हरियो राख्ने तयारी गर्दै गर्दा आपत्ति प्रकट गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुख देख्न सजिलो होस् भनेर हरियो रङ्ग राख्न खोजिएको प्रतिक्रिया दिएका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo