काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुलाई घर न घाटको बनाउने षडषन्त्र भएकाले एमसीसी पास गरिएको बताएका छन् ।
बुधबार सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले एमसीसी पास नगरेको भए सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एकीकृत समाजवादीको वैधानिकता नै समाप्त पारेर आफूहरूलाई घर न घाटको बनाउने षड्यन्त्र भएको बताए ।
उनले केपी ओलीले बिनाशर्त एमसीसी पास गरेर आफूहरूलाई समाप्त पार्ने भएपछि त्यसमा संशोधन गरेर भएपनि पारित गरेर गठबन्धन जोगाएको समेत बताए ।

