KhabarUjyalo

आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्छ : उपसभापति गुरुङ

२५ फाल्गुन २०७८, बुधबार
आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई  पार्टीले कारबाही गर्छ : उपसभापति गुरुङ

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्ने बताउनुभएको छ ।

नेपाल इञ्जीनियर एशोसिएशन ३३औँ कार्यकारिणी समितिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जीनियर (सिडेन)ले मङ्गलबार राति आयोजना गरेको कार्यक्रममा उहाँले लोकतन्त्रका नाममा गल्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको हो ।

“सेन्टर फर डेमोक्रेटिक इञ्जीनियरको साझा उम्मेदवार इञ्जीनियर डा हरिबहादुर दर्लामी समूह हो, सिङ्गो कांग्रेसको साथ र समर्थन डा दर्लामी समूहलाई छ”, उहाँले भन्नुभयो । उपसभापति गुरुङले पार्टीको झण्डा बोकेर बागी उम्मेद्वारी दिनेलाई पार्टीले कारबाही गर्ने स्पष्ट पार्नुभयो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo