केन्द्रीय तथ्यांक विभागले ६ हजार ३०३ जना कर्मचारी माग गरेको छ।
विभागले शूरु हुन लागेको कृषि गणना – २०७८ का लागि तथ्यांक संकलन गर्नुपर्ने भएकाले सुपरिवेक्षक र गणक पदमा कर्मचारी नियूक्त गर्न लागेको हो।
सुपरिवेक्षकका लागि मान्यता प्राप्त संस्थाबाट स्नातक तह तथा गणकको लागि प्रविणता पत्रतह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
विभागले सुपरिवेक्षकका लागि मासिक ३० हजार २०० र गणकको लागि २८ हजार ६१० रुपैयाँ पारिश्रमिक तोकेको छ भने करार अवधी दुई महीनाको हुने बताएको छ ।

