KhabarUjyalo

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता

९ बैशाख २०८३, बुधबार
सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता

डोटी – डोटीमा एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।

 

जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी अनुसार जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बोहरा बेपत्ता भएका हुन्।

बोहरा दिपायल सिलगढी नगरपालिका–५ स्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए। उनको खोजी कार्यमा नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाको टोलीले परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo