KhabarUjyalo

सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्याः महानिरीक्षक कार्की

१० बैशाख २०८३, बिहीबार
सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्याः महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा साइबर बुलिङसहित विभिन्न प्रकारका साइबर अपराध तीव्र गतिमा बढिरहेको बताउनुभएको छ। इन्टरनेट र मोबाइल प्रयोगकर्ताको संख्या बढेसँगै साइबर अपराधका घटना पनि वृद्धि भएको बताए ।

बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले विशेषगरी महिला र युवावर्ग साइबर अपराधबाट बढी प्रभावित भइरहेको जानकारी दिए ।

प्रहरी महानिरीक्षक कार्कीका अनुसार हालसम्म सामाजिक सञ्जालमा सञ्चालन भएका ४ हजारभन्दा बढी फेक एकाउन्टबाट घृणा फैलाउने सम्बन्धी निवेदन प्रहरीमा दर्ता भएका छन्। त्यसैगरी साइबर बुलिङ र ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटना दर्ता भएका छन् भने वित्तीय अपराधसम्बन्धी १० हजारभन्दा बढी उजुरी परेको छ।

उहाँले एकाउन्ट ह्याकिङ, अनलाइन ठगी, धम्की दिने, यौनजन्य हिंसा तथा ब्ल्याकमेलिङका गतिविधि पनि बढ्दो क्रममा रहेको बताएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo