काठमाडौं । नेकपा एमालेका नेता डाक्टर भीम रावलले व्यङ्ग्य गर्दै निर्वाचन आयोगलाई प्रश्न गरेका छन्
‘ कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?’
निर्वाचन आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर दलका नेताविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएपछि रावलले कडा टिप्पणी गरेका हुन् ।

