काठमाडौं । नेकपा एमालेका नेता तथा भक्तपुर २ का उम्मेदवार महेश बस्नेतले ओलीको देश बनाउने भिजनबारे बहस गर्न देउवाको हैसियत नभएको बताएका छन् ।
भक्तपुर आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले देश निर्माण र विकासको भिजन केपी ओलीसँग मात्रै भएको बताए। ‘ओलीले देउवालाई आफूसँग बहस गर्ने हो भनेर सोध्दा बोल्न सकेनन्। ओलीको देश बनाउने भिजनबारे दुई घण्टासम्म निरन्तर बहस गर्न सक्नुहुन्छ। देउवाले दुई मिनेट बोल्न सक्दैनन्। उनको त्यो हैसियत र दृष्टिकोण छैन।’उनले भने,
घरघरमा पुगेर जनताको समस्या र आलोचना बुझ्न निर्देशन दिएका छन्।

