धनगढी,६ कात्तिक । धनगढीमा भएको सत्ता गठबन्धनको प्रदेशस्तरिय कार्यकर्ता भेलामा पूर्वमन्त्रीद्वय प्रेमबहादुर आले र वीरबहादुर बलायर पनि सहभागी भएका थिए ।
पूर्वमन्त्रीद्वय आले र बलायरको भेटघाटमा चुनावमा एक अर्कालाई सहयोग गर्ने बाचा गरे । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा एक अर्कालाई सहयोग गरि जिताउने बाचा गरेका हुन् ।
आलेले कैलाली र बलायरले डोटीमा सघाउने सहमति गरिएको छ। आले गठबन्धनका तर्फबाट डोटी तथा बलायर कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन्।
बलायर डोटी छोडेर कैलालीबाट चुनाव लडेपछी डोटी कांग्रेसमा असन्तुष्टि बढेको छ । असन्तुष्टि सान्त पार्न प्रेम आलेले बलायर सहयोग गर्ने आग्रह गरिएको बताइएको छ । बलायरले डोटीमा आलेलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । आलेले कैलाली ४ मा बलायरलाई सहयोग गर्ने बाचा गरेको सहभागी एक नेताले बताए ।

